हेटौंडाबाट प्रदेशको राजधानी सर्दैनःथापा

गुगलपाटी संवाददाता
२२ चैत्र २०७४ ११:०२

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
बिहीबार हेटौंडामा पार्टीका अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले सबै हिसाबले ३ नम्बर प्रदेशको राजधानीको लागि हेटौंडा नै उपयुक्त भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बारेमा बोल्दै राष्ट्रहित विपरित कुनै पनि काम नगर्ने विश्वास ब्यक्त गर्नुभयो ।
थापाले आसन्न भारत भ्रमणमा प्रधानमन्त्री ओलीले भारतीय पक्षबाट कबुल गरेका तराईका हुलाकी राजमार्ग, पञ्चेश्वर परियोजना लगायत हालै मात्र भारतबाट नेपाली पक्षलाई बेवास्ता गर्दै महाकाली नदी माथि बनाईएको पक्की पुलको विषयमा पनि कुरा गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले राष्ट्रिय एकता दिवस सहित अन्य नेपाली पहिचान बोकेको सनातन हिन्दु धर्मको पनि विदा कटौती प्रति आपत्ति जनाउनुभयो ।