टिप्परले लियो छोरीको ज्यान, बुवा घाइते

गुगलपाटी संवाददाता बुटवल
१९ बैशाख २०७६ ०७:०६

बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एकको ज्यान गएको छ भने एकको मृत्यु भएको छ । । टिप्परको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्ने छोरी पुष्पाको घटनास्थलमै ज्यान गएको र बावु घनश्याम घाइते भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको मोटरसाइकलमा सवार भण्डारीलाई बुटवलबाटै पश्चिमतर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएको हो ।
प्रहरीले ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।