२ सय ३४ सांसद टाप कसेपछि सभामुख महराले संसदमा बजाए ३ मिनेट घण्टी (भिडियो)
गुगलपाटी संवाददाता काठमाडौंबिहीबारको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले लगातार ३ मिनेट घन्टी बजाएका छन् । महराले कुनै देवीदेवताको पूजापाठ तथा आरती उतार्नका लागि सो घण्टी बजाएका भने होइनन् । विधेयक पास गर्ने बेला संसद कार्यकक्ष पूरै रित्तो भएपछि उनले गणपुरक संख्या पत्ता लगाउनका लागि घण्टी बजाएका हुन् ।
सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टर भेलिङ विधेयक, २०७६ को दफा १ देखि ५ सम्म निर्णयार्थ पारित गन आग्रह गर्नेबित्तिकै सांसद तिमिल्सिनाले सो माग गरेका थिए । ३ मिनेट घण्टी बजाउँदा संसदका कूल सदस्य २ सय ७५ मध्ये ४१ सांसद मात्र उपस्थित थिए ।
संविधानको धारा ९४ अनुसार कुनै पनि विधेयक पारित हुन संसदको कम्तिमा एक तिहाई संख्या ६९ हुनुपर्ने थियो । गणपूरक संख्या नपुगेपछि सभामुख महराले १५ मिनेटका लागि बैठक रोके ।
स्रोत : रातोपाटी