‘काम सुरु गरेको पाँच महिना मात्रै भयो, परिणाम आउन समय लाग्छ’
गुगलपाटी संवाददाता काठमाडौँप्रदेश तीनको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालको करिव १८ महिनापछि डोरमणी पौडेलले आफूहरुले वास्तविक काम सुरु गरेको पाँच महिना मात्रै भएको र त्यसको परिणाम आउँन अझै समय लाग्ने स्पष्टीकरण दिएका छन्।
उनले नेतृत्व लिएको समय लामो भएतापनि संक्रमणकाल कायमै रहेको र त्यसबाट माथि उठ्न अझै समय लाग्ने बताएका छन्।
एकात्मक शासन व्यवस्थाको सरकार रहेकाले संघीय अवधारणा र सिद्धान्त अनुरुप आफ्नो सरकारले उपलब्धी हाँसिल गर्न नसकेको उनको भनाई छ।
उनले भने, ‘यो १८ महिनाको बालकसँग धेरै ठूलो अपेक्षा गर्यौँ भने त्यो अपेक्षा पुरा गर्न सक्दैनौ। हामी कहाँ छौँ, कुन अवस्थामा छौँ, कसरी काम गरिरहेका छौँ भन्नेमा गहिरिएर हेर्यौँ भने यथार्थ थाहाँ हुन्छ।
तर ५ महिनामा पनि ६१ प्रतिशत बजेट खर्च गर्न सक्नु आफ्नो सरकारको उपलब्धी भएको उनको दाबी थियो।
बिहीबार राजधानीमा पत्रकारहरुसँगको अन्तरक्रियामा उनले हालसम्म तोक्न नसकिएको प्रदेश तीनको राजधानी संघीय
सरकार बाहेक प्रदेशको कुनै पनि ठाउँमा हुन सक्ने आफ्नो मान्यताले अघि सारेका छन्। उनले पाँच वटा क्षेत्रको विकासका आधार मानेको र त्यसले समृद्धि हाँसिल हुने उनको भनाई छ।
मन्त्री पौडेलका पाँच विकासका आधार क्षेत्र उत्पादनमा वृद्धि, उद्योगकलकारखानाको विस्तार, पयर्टन क्षेत्रको सुधार लगायत परेका छन्।
उनले आफ्नो सरकारबाट आधुनिक सामुहिक खेतीको काम सुरु भएको, फलफूल रोप्ने अभियान चलाएको उनको दाबी गरेका छन्।
तर प्रदेश लोकसेवा आयोग गठन नहुँदा, कतिपय अधिकारमा संघ र प्रदेशमा स्पष्टताको अभावले काम गर्न समस्या परेको उनको विश्लेषण छ।
त्यसक्रममा करको आंतक, सडकको स्तरोन्नती, धूँवाधूलोको विकराल अवस्था, सरकारी स्वास्थ्य सेवा र शिक्षाको कमजोर अवस्था, भ्रष्टाचार, सरकारी सेवाको ढिलासुस्ती, बेरुजी लगायतका समस्या समाधान गर्न सुझाव दिएका थिए।
यस्तै प्रदेशहरुमा नयाँ कार्यक्रम ल्याउने नभई दिइरहेको सेवाको स्तर बढाउनेतर्फ लाग्नु पर्ने सुझाव पनि आएको थियो ।