चेपाङलाई घर बनाइदिन्छु भन्दै रकम असुल्ने मकवानपुरका पाँच जना प्रहरीको फन्दामा
गुगलपाटी संवाददाता मनहरीचेपाङ समुदायको गरिवीको फाइदा उठाउँदै ठगी गर्ने क्रम रोकिएको छैन । कहिले निःशुल्क आएको चामल बिक्री गर्ने त कहिले घर बनाइदिने भन्दै ठगी गर्ने । यस्तै यस्तै बेथिति मकवानपुर चितवनको चेपाङ बस्तीहरुमा देख्न सकिन्छ । यसै क्रममा चितवनको लोथरमा ३०० वटा घर बनाइदिने भन्दै ठगी गर्ने मकवानपुरका पाँचजना चेपाङ युवा प्रहरी फन्दामा परेका छन् । उनीहरुलाई काठमाडौँस्थित महानगरीय प्रहरी बृत्त बालाजुले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नं ५ का ३८ वर्षीय दानियल भनिने श्यामबहादुर प्रजा ९चेपाङ०, ३४ वर्षीय विनोद प्रजा ९चेपाङ०, ३० वर्षीय दीपक प्रजा ९चेपाङ०, २५ वर्षीय प्रिन्स भनिने राजकुमार प्रजा ९चेपाङ० र २४ वर्षीय राज प्रजा ९चेपाङ० रहेको प्रहरी बृत्त बालाजुले जानकारी दिएको छ । यद्यपि उनीहरुले प्रहरीलाई आफ्नो ठेगाना ढाँटेर राक्सिराङ गाउँपालिका वडा नं ४ भनेका छन् । छन् । काठमाडौँको माछापोखरी चोकको अण्डरग्राउण्डस्थित महाबौध्द मःम सेन्टरमा चितवन राप्ती नगरपालिकाका सन्तोष प्रजा र जगमणि प्रजासँग फारम भरेबापतको रकम भनी २ हजारका दरले रकम असुलेर कागज गर्दैगर्दा उनीहरु पक्राउ परेका हुन् ।
३०० घर बनाउने भन्दै प्रतिघर फारम शुल्क भन्दै २ हजार उठाइएको प्रहरीले जनाएको छ । घर बनिसकेपछि प्रतिघर ५ लाख रुपियाँ दिनुपर्ने कागजसमेत गरिएको पाइएको छ । ठग गर्ने गिरोहको साथबाट नगद ८५ हजार ५ सय, विभिन्न सरकारी कार्यालयका छापहरू, राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको भिजिटिङ कार्डहरु, रजिष्टर, एभरेष्ट बैँक र महालक्ष्मी बैंकको २ थान चेकबुक, रजिष्ट्रेशन फर्म एवं ८ थान मोबाइल र केही राहदानी पनि बरामद गरिएको प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी बताए ।
यसअघि पनि मकवानपुर र चितवनमा गरिव चेपाङ समुदायमा घर बनाइदिने तथा विभिन्न किसिमका मुद्दा मिलाइदिने भन्दै भइरहेका गुनासाहरु सुनिएका थिए । पक्राउ परेका व्यक्तिहरु कतिपय घटनामा पटके रहेको स्थानीय चेपाङ अगुवाहरुले बताएका छन् ।स्रोत : मनहरी लाइभ