खराब प्रहरी र कर्तव्यच्युत पत्रकार मिले भने…
गुगलपाटी संवाददाता काठमाडौं‘भाई महाभोज हेर्न कहिले आउने ?’
निर्देशक रमेश बुढाथोकीले प्रश्न गर्ने बित्तिकै मैले जवाफ दिएँ
‘दाई म भोली आउछु ।’
साँढे चारमा आइपुग्नु है । हामी साँढे चारपछि भित्र छिरिसक्छौं ।’
म ठिक साँढे चार बजे मण्डला थिएटर पुगेँ । निर्देशक बुढाथोकीसंग ढोकैमा भेट भो । ‘फ्रि’मा पाएको टिकट कोटको गोजीमा राखेँ ।
‘भाई भित्र बसौं एकछिन, नीर दाई हुनुहुन्छ ।’
मण्डलाकै कार्यालयमा प्रिय कलाकार नीर शाह रहेछन् । एकछिनपछि आइपुगे पूर्व अर्थमन्त्री महेष आचार्य, पुराना चलचित्र निर्माता विनोद दिक्षित । त्यहि भेट भयो कवि एवं सोही नाटकका एक कलाकार विप्लव प्रतिक ।
दिक्षित, आचार्य र शाह पुराना हितैषी । उहाँहरुको गफ सुन्दा निकै मज्जा आयो । नेपाल टेलिभिजन स्थापनापछि सिरियल एवं डकुमेन्ट्री बनाउदाका दुःखवारे शाह र दिक्षितको भलाकुसारी आफैंमा रोचक थियो । कतिपय पुराना सिरियल र डकुमेन्ट्रीको सुरक्षामा नेपाल टेलिभिजनले चासो नदिएकोमा शाहले चिन्ता व्यक्त गरे ।
हेर्न बाँकी रहेको ‘महाभोज’को थोरै चर्चा भयो । दिक्षितले बुढाथोकीको काफी प्रसंसा गरे विराटनगरमा नाटक मञ्चन र काठमाडौमा सिरियल सुटिङको प्रसंग निकालेर । नीर शाह, महेष आचार्यको विचमा राजनीतिक प्रसंगले प्रवेश नपाउने कुरै भएन । नीर शाहले नेपालवारे राम्रै चासो राख्ने एक जना अमेरिकन साथीले एक वर्ष अघि अमेरिकामै भेट हुँदा नेपालको राजनितीवारे गरेको टिप्पणवारे चर्चा गरे ?
शाहका ति साथीले भनेका रहेछन् ‘नेपालमा मुख्य दुई पार्टी छन् डेकोक्रयाट र कम्युनिष्ट, तर, डेमोक्रयाटमा डेमोक्रेटिक संस्कार छैन, कम्युनिष्टमा पनि कम्युनिष्ट आचरण छैन । समस्या त्यहिवाट सुरु हुन्छ ।’
नीर शाहले सोधे ‘महेषजी त्यस्तै हो त ?’
कुरा सुनेर आचार्य हाँसे । मण्डलामा घण्टी बज्यो हामी हलमा छि¥यौं । महाभोजमा सरिक हुन ।
भारतको कुनै पिछडिएको गाउँको प्रसंगमा मन्नु भण्डारीले लेखेको उपन्यास हो महाभोज । पछि उनै लेखिकाले राष्ट्रिय नाट्य विद्यालयका लागि नाटकमा ढालेर दिइन् । भारतमा निकै चर्चा पाएको यो नाटक नेपालमा पनि उत्तिकै सजिब लाग्छ । अहिले मञ्डला थिएटरमा मञ्चन भईरहेको ‘महाभोज’मा अनुप बरालको निर्देशन रहेको छ ।
हामीले पटक पटक हाम्रो व्यवस्था परिवर्तन ग-यौं । ०४६ सालमा पञ्चायत ढालेर बहुदलिय प्रजातन्त्र पूर्नस्थापना ग¥यौं । ०६२/०६३ सालको आन्दोलनले मुलुकमा लोकतन्त्र आयो । एकजुगमा एक पटक हुने संविधानसभा दुई पटक ग-यौं । नयाँ संविधान बनायौं र संविधान अनुसार तीन तहको निर्वाचन सम्पन्न ग¥यो । गाउँमै पुग्यो सिंहदरवार ।
दुःखको कुरा, हामीले गाउँमा सिंहदरवार मात्रै पु¥याएनौ, सिंहदरवारभित्र भएको सासन सत्ताको रुघ्ण मानसिकता पनि लिएर गयौं । शायद त्यहि कारण होला अहिले हामीले चुनेका जनप्रतिनिधीहरुलाई जनताले ‘नयाँ राजा’को रुपमा टिप्पणी गर्न थालेका छन् । सबैमा नहोला कतिपयले आफुलाई जनप्रतिनिधी कम र शासक बढी ठान्न थालेका छन् ।
छोरी चेली बलात्कृत भए भने निम्छरा परिवारका सदस्यलाई अहिले पनि प्रहरीसम्म रिपोर्ट गर्न जाने हिम्मत हुँदैन । उजुरी गर्न गैहाले पनि कतिपय अड्डामा प्रहरीले हत्पती उजुरी लिन मान्दैनन् । पीडितको उजुरी लिनु अघि पिडक कति प्रभावशाली छ बुझ्नतीर लाग्छन् ।
महाभोजका वारेमा धेरै व्याख्या गर्नै पर्दैन । हाम्रो समाजमा घटने घटनालाई दुरुस्तै उतारेको छ । दलित, पिछडालगायत निम्सरा वर्गले अधिकार माग्ने क्रममा भोग्नुपर्ने दुर्दान्त कथा प्रस्तुत गरिएको छ यो नाटकमा ।
यहि समाज हो, जहाँ अहिले पनि भुइमान्छेहरुका लागि ‘न्याय आकाशको फल आँखातरि मर’ हुने गरेको छ । छोरी चेली बलात्कृत भए भने निम्छरा परिवारका सदस्यलाई अहिले पनि प्रहरीसम्म रिपोर्ट गर्न जाने हिम्मत हुँदैन । उजुरी गर्न गैहाले पनि कतिपय अड्डामा प्रहरीले हत्पती उजुरी लिन मान्दैनन् । पिडितको उजुरी लिनु अघि पीडक कती प्रभावशाली छ बुझ्नतीर लाग्छन् ।
राजनीतिज्ञको द्धैध चरित्र र सत्ता र पैसाका अगाडी समाचारको तथ्य लुकाउने पत्रकारका प्रवृत्ति महाभोजमा देखिन्छ । एउटा पत्रकार जब समाचार सत्यता खोज्नुको सट्टा विज्ञापनको बजार खोज्दै हिँड्छ भने उसले लेख्ने समाचारमा दिन हिनहरुको पिडा पनि हुन्छ भनेर कसरि विश्वास गर्ने सर्वसाधारणले ।
निती बिहिन नेता, क्षमताविहित पत्रकार र आचरण विहिन प्रहरी भयो भने व्यक्तिहत्या जस्ता घटना राज्यले कसरी सामसुम पार्छ र निर्दोशलाई कसरि अभियुक्तका रुपमा प्रस्तुत गर्छ राज्यले ? महाभोज हेरेर अनुभव गर्न सकिन्छ । नाटक भारतमा लेखिएको भएपनि उक्त नाटकमा बर्णित घटनाक्रम हाम्रै समाज घटिरहेको घटना जस्तै लाग्छ ।
उक्त नाटकमा रमेश बुढाथोकी, बुद्धि तामाङ, राजन खतिवडा, विप्लव प्रतिक, विजय बराल, सिर्जना सुब्बा, प्रदीपकुमार चौधरी, सोमनाथ खनाललगायतले अभिनय गरेका छन् । स्रोत : राजधानीदैनिक