सहिद दिवस मनाइयो

गुगलपाटी संवाददाता
१६ माघ २०७६ ०९:३३

हेटौंडा: बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको शहिद स्मारकमा शहिद दिवसको अवसर पारेर प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख अतिथ्यतामा शहिद स्तम्भमा माल्र्यापण तथा अमर शहिदप्रति नेपाली सेनाद्धारा सलामी दिईएको छ ।

कार्यक्रममा शहिद सप्ताहका विभिन्न कार्यक्रमका विजयीहरुलाई पुरस्कृत तथा सहयोग गर्ने संघसंस्थालाई प्रमात्रपत्र प्रदान गरिएको थियो ।

शहिद स्मारक समितिका अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँ, जिसस प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर राना लगायतले शहिदहरु प्रतिको त्याग तपस्या र उनीहरुको योगदानको आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश प्रमुख सचिव तोयम राय, सुरक्षा निकायका प्रमुखहरु, टोल विकासका अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।