हेटौंडा रन २५ गते हुने
गुगलपाटी संवाददाताहेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौंडा रन हुने भएको छ । बागमती प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा पर्वतीय खेलकुद महासघं बागमति प्रदेशको सयोंजनमा माघ २५ गते हेटौंडा रन प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
प्रतियोगितामा पुरुष तर्फ १० किमि, महिला तर्फ ५ किमि, तथा सहभागीतामुलक दौड ३ किमि (फन रन) हुने उपमहानगरपालिकाको उपमेयर मिना लामाले बताए । कार्यक्रममा सहभागी तथा दर्शक सहित ७ हजार ५ सय जनाको उपस्थित गराउने सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, द्धितिय हुनेलाई नगद ३० हजार र त्रितिय हुनेलाई नगद २० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने छ । त्यस्तै सान्तोना हुनेलाई नगद १० हजार र ५ हजार पुरस्कारको व्यवस्था गरेको छ । कार्यक्रमको कुल बजेट ३८ लाख १७ हजार रहेको उपमेयर लामाले बताए ।
कार्यक्रममा राष्ट्रिय तथा विदेशी खेलाडी, नगरप्रमुख, उपप्रमुख, विभिन्न सघं संस्था, सरकारी कर्मचारी, जनप्रतिनिधि, पुर्व मिस नेपाल, प्रहरी प्रशासन, सशस्त्र प्रहरीप्रमुख, कलाकार तथा प्रहरी प्रमुख, विभिन्न बैंकर्स, स्थानिय कलाकार तथा सर्वसाधारणहरुको सहभागी हुने उपमेयर लामाले जानकारी दिए ।