सुर्यान्समा अब प्रत्येक शुक्रबार गजल
गुगलपाटी संवाददाताहेटौंडा : हेटौंडाको पहिलो रुफटप रेष्टुरेन्ट सहित हेटौंडा १० टिसिएन रोडमा सञ्चालनमा आएको सुर्यान्स होटलले प्रत्यक शक्रबार गजल आयोजना गर्ने भएकोे छ ।
शक्रबारलाई रमाईलोे बनाउदै हेटौैंडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सञ्चालन गर्न लागेको होटलका म्यानेजर नकुल गिरीले बताए । हेटौैंडेली कलाकार बाबू र हिरा क्षेत्रीले प्रत्यक शुक्रवार गजल प्रस्तुत गर्ने उनले जानकारी दिए ।
होटलकोे सातौैंं तल्लामा सञ्चालनमा रहेको रेष्टुरेन्टमा गजल सुन्दैै हेटौंडाको दूश्यवोकन गर्न सकिने बताईएको छ । साढे २ करोडको लगानी थप गर्दैै नयाँ शैलिबाट सञ्चालनमा आएको होटलले नयाँ संवाद दिनका लागि रुफटप रेष्टुरेन्ट सञ्चालमा ल्याएकोे म्यानेजर गिरीले बताए । उनले भने “हेटौंडामा केही फरक गरौं भन्ने उद्देश्य हो, त्यहि अनुसार प्रत्यक शुक्रबर गजल गर्दै छौं ।”
६० जनाको सिट क्षमता रहेकोे रुफटपमा गजलकोे मज्जा लिनका लागि टेवल पहिले नै बुक गर्ने व्यवस्था रहेकोे छ । साँझ ६ बजे देखि ९ बजे सम्म गजल प्रस्तुति रहने बताईएकोे छ ।