५० हजार घुस सहित जिल्ला शिक्षा अधिकारी पक्राउ
गुगलपाटी संवाददाता
सुनसरी : ५० हजार घुस रकम सहित सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी रंगेहात पक्राउ परेका छन् । आफ्नै निवासमा घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।
अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जानकारी दिए ।
घुस दिने विद्यालय र प्रअको नाम भने अख्तियारले गोप्य राखिएको उनले बताएका छन् ।