४१ जनाले फापरबारीमा गरे रक्तदान
गुगलपाटी संवाददाता हेटौंडानेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाको आयोजनामा मङ्गलबार पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीमा रक्तदान कार्यक्रम भएको छ ।
कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । फापरबारी रेडक्रस उपशाखाका सभापति केशव तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा बाग्मती गाउँपालिका अध्यक्ष सर्केस घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तान, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका कार्यवाहक सभापति लालबहादुर थापा, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, रेडक्रश जिल्ला शाखा सदस्य कृष्ण चौँलागाई, मंगल रखाल र रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दहालको उपस्थिती रहेको थियो ।
कोरोना त्रासका कारण रगत संकलनमा कमी भएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको रेडक्रश उपशाखा अध्यक्ष तिमल्सिनाले बताए ।