मकवानपुरका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

गुगलपाटी संवाददाता
२१ आश्विन २०७७ ०८:४३

मकवानपुरका थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ । चितवन स्थित चितवन मेडिकलजेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका ७ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र बागमती गाउँपालिकाका २ जना रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर ९,१०,११,१३ र १५ का क्रमश ६२,४०,६५,३५ र १८ वषीय पुरुषहरु रहेका छन् भने बागमती गाउँपालिका वडा नंबर ६ का एक ८५ वषीया वद्धा र ४६ वर्षीय पुरुष रहेका छन् ।