१८ दिनसम्म पनि खसि बोका बिकेनः किसानहरु दशैमा निराश
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः मकवानपुरका विभिन्न ठाँउबाट ल्याएका खशि, बोका १८ दिनसम्म पनि बिक्रि भएन । दशैका लागि बेच्न ल्याएको खसी, बोका मुल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । कोरोनाको त्रासले बाहिर जिल्लाबाट मकवानपुरमा व्यपारीहरु भित्रिन नपाएका कारण पनि खसि, बोका बिक्री नभएको किसानहरु भन्छन् ।
दशैको बेलामा मासुको नियन्त्रण गर्न हेटौंडामा ल्याइएका खशी, बोका बिक्री भईसकेका छैनन् । अहिले बसपार्कमा खसीबोका खरिद गर्नेको चहलपहल खास्सै देखिएको छैन ।
बकैया ५ का किसान जित बहादुर थिङ भन्छन्, ५ लाख ऋण दिएर खशी बोका व्यापार गरेको ४ लाख त उठ्यो तर एकलाख अझै उठ्न सकेको छैन । दशैको माहोलमा एकदुई पैसा कमाएर परिवारलाई नयाँ कपडा किनिदिन सकिन्छ कि भन्ने आश लिएको तर ऋण तिर्न पनि सक्ने अवस्था छैन । पहिला पुजापाठ गर्न मन्दिर खुल्ने गर्थे । भाकल पुरा गर्न खसीबोका किन्नेको भिड लाग्थ्यो । अहिले १÷२ वटा खसिबोका बिक्री गर्न पनि दिनभरी घाममा बस्नु पर्ने किसान थिङ्को भनाई छ । थिङले भने, बिक्री नभएपछि घाटा खाएर पनि बेच्नु पर्ने हुन्छ । बजारमा खसीबोकाको मासु एक हजार रुपैया किलोमा बिक्री हुन्छ भने किसानहरुले ५ सय रुपैयामा बेचिरहेका छन् । थिङले एक लटमा १८÷२० वटा खसिबोका ल्याउँछन् । गत शनिबार भने ११ वटा ल्याएको जम्मा एउटा मात्र बिक्री भएको छ । बसपार्कको खोरमा एउटा खोरलाई २ हजार लिने गर्दछ । घाटामा बेच्नु पर्ने र बिक्री नभएर महङ्गो खोरमा राख्नु पर्दा उनि मारमा परेको छ । उनले १८ दिनसम्म बाख्रा बसपार्कको खोरमा राखेका छन् ।
त्यस्तै कैलाश ७ का किसान मनोज रुम्बा भन्छन् लकडाउन भएको महिनामा त गाउँमा खसीबोका खोज्न कोही पनि आएनन् । अझ मासु खानु हुदैन भन्ने प्रचार बढि भयो । त्यस समयमा किसानले बेच्न खोजे पनि खसीबोका बिकेन ।
अहिले खसीबोका खरिद बिकी सुरु भएको छ । पहिला किसानको घर गोठ मै गएर सहकारी संस्था मार्फत खसीबोका किनबेच हुने गर्थे । गोठमा खसी, बोका, बाख्रा, हुनुप¥यो । बजारको दुख हुदैन थिए । रुम्बाले भने, लकडाउनले गर्दा पनि होला यस्तो समस्या आएको । दशैको बेला पनि खसीबोका बिक्री भएन । अहिले भने खसी बोका बिक्री गर्न समेत समस्या छ । सहकारी संस्थाले खसीबोका खरिद गर्न बजारको समस्या पर्ने थिएन । पहिला बजारका अन्य ग्राहक पनि गाँउमा आउने गर्थे । जसको भाउ चित्त बुझ्दो लाग्छ, त्यतै बिक्रि गर्ने गरेको रुम्बाले भने ।
लकडाउनको समयमा रुम्बाले ९ वटा खसीबोका बिक्री गरेका छन् । अहिले पनि रुम्बाको खोरमा ५०÷६० वटा खसी, बोका, बाख्रा छन् । व्यवस्थित खोर बनाएर उनले व्यवसायिक बाख्रा पालन गर्दै आएका छन् । अहिले खोर पनि बनाएको छु, उनले भने, व्यवस्थित रुपमा अघि बढ्दै गर्दा लकडाउनले अप्ठेरो पा¥यो । उनले लामो समयदेखि व्यावसायिक बाख्रा पालन गर्दै आएका छन् ।
गाउँमा ग्राहक नआएपछि उनले हेटौंडा बजारमा खसीबोका बिक्रि गर्न ल्याए । उनले गत हप्ता १० वटा खसीबोका ल्याएकोमा ३ वटा मात्र बिक्री भएको छ । बिक्री नभएर सधै उनले घरमा फिर्ता लाने गर्दछ ।
नेपाल भारत खुला नाकाबाट अवैध रुपमा भारतिय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षण बिना नेपाली बजारमा भारतिय खसीबोका अवैध रुपमा बजार आउँदा नेपाली खसीबोका व्यवसायी मर्कामा परेका छन् । भारतबाट खरिद भएको खसीबोका सस्तो दरमा बिक्रि हुने भएकाले नेपालमा उत्पालन भएका खसीबोकाले बजार नपाएको व्यापारी मदन शाहीले बताए ।