गौरीटार आइसोलेशनलाई ब्यवसायी गौतमको सहयोग

गुगलपाटी संवाददाता हेटौंडा
७ जेष्ठ २०७८ १०:५९

हेटौंडा ६ का युवा ब्यवसायी बिजय गौतमले हेटौंडा १६ स्थित गौरीटार आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
उनले आइसोलशनमा पुगेर दश किलो कुखुराको मासु, सात क्रेट अण्डा र तीन केजी च्याउन सहयोग गरेका हुन् । हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाको उपस्तिथीमा उनले आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई सहयोग गरेका हुन् ।