वीरगन्जका फोटो पत्रकार पौडेलको फोटो प्रथम
गुगलपाटी संवाददाता
फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता –२०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् भने नेप्टोस फोटो स्टोरीमा वीरगञ्जका फोटो पत्रकार मनिष पौडेलको फोटो प्रथम भएको छ ।
श्रेष्ठले गतवर्ष सप्तरीको कुलारी गाउमा बाढीका कारण मृत्यु भएका पा“च वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यस वर्षको ‘फोटो अफ द इयर’ घोषित भएको हो । उपाधिसहित श्रेष्ठले रु एक लाख प्राप्त गरे भने मनिष पौडेलले ३० हजार हात पारे ।
पौडेलले सन् २०१६ मा तराई–मधेसबाट काठमाडौंमा मजदुरी गर्न आएकाहरुको खिचेको फोटो नेप्टोस फोटो स्टोरीमा प्रथम भएको हो ।
पौडेलले यसअघि पनि ७ वटा उत्कृष्ठ फोटो पुरस्कार प्राप्त गरेका छन् भने उनी १३ वर्षदेखि निरन्तररुपमा फोटोग्राफी गर्दै आइरहेका छन् ।
विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा“स्कोटा, आयोजक संस्थाका अध्यक्ष विकास कार्कीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
उत्कृष्ट घोािषत भएका फोटो आगामी साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनीमा राखिनेछ भने काठमाडौ“ बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत प्रदर्शनीको आयोजना गरिने फोटो पत्रकार क्लबले जनाएको छ ।