बलात्कार : न्याय खोज्दा अन्याय, हरेक दिन तीन जना महिला बलात्कृत
गुगलपाटी संवाददाता काठमाण्डौं,२४ साउनबलात्कारका घटनामा न्याय खोन्दै न्यायलय पुगेका पीडितहरुले सयमा नै न्याय पाउनुको सट्टा अन्याय भएको पाईएको छ ।
बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात वर्ष अघि सामूहिक बलात्कारमा पनिर् । पीडक स्टेशनरी पसले सागर भट्ट र अमरराज अवस्थी बिरुद्ध २२ फागुन ०६९ मा जिल्ला अदालत बैतडीले आठ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गर्यो । तर १५ वैशाख ०७१ मा पुनरावेदनका मुख्य न्यायाधिश रमेश प्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले पीडक दुबैलाई सफाई दियो ।
पीडित पूजाले तत्कालिन कानुनमन्त्री नरहरि आचार्यलाई खुल्ला पत्र लेख्दै भनिन्, ‘मलाई बलात्कार गर्नेहरु निर्दोश नै हुन् त ?’ राष्ट्रिय बहस भएको उक्त मुद्धा लिएर उनी सर्बोच्च्मा पुगिन् । ३ पुस ०७१ मा दर्ता भएको मुद्धाको अहिलेसम्म छिनोफानो भएको छैन । २१ पटक पेसी चढ्यो, तर न्यायाधीसले हेर्न भ्याएनन् । अबको पेसी भदौ आठ गते तोकिएको छ ।
५ जेठ ०७४ मा बलात्कार पछि हत्या गरिएकी ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई हुँदा सद्गत गर्न एक वर्ष लाग्यो । त्यस्तै २५ मंसिर ०७३ मा बौद्धकी पाँच वर्षीय बालिका(नाम गोप्य) ले पाँचौ जन्म दिन मनाएको तीन दिन बित्न नपाउँदै आफ्नै बाबुको साथी र छिमेकी शंकर बहादुरले बलात्कार गरेका थिए ।
पीडित बालिकाको उपचारको क्रममा ज्यान गयो । तर पीडकहरुलाई जिल्ला अदालत काठमाण्डौंले ४ जेठ ०७४ मा दश वर्ष जेल र ५० हजार क्षतिपूर्ती भराउने फैसला गरेपनि अझै पीडिकहरु ‘बाहिर निस्किएपछि तिमीहरुको के हबिगत हुन्छ पख्लास्’ भनेर बसिरहेका छ्न ।
यी प्रतिनिधि घटना हुन् । हरेक दिन तीन जना महिला बलात्कृत हुने गरेका छन् । भने दुई महिलामाथि प्रत्येक महिना बलात्कारको प्रयास हुने गरेको प्रहरी तथ्याङ्क छ । हरेक वर्ष एक हजार भन्दा बढि महिला बलात्कृष्त हुने गरेको र यो संख्या दश प्रतिशतको दरले बढ्दै गएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले बताए । चार वर्षको बीचमा चार हजार चारसय ४५ महिला बलात्कृत भएको प्रहरी तथ्याङ्क छ । तर पीडितहरुले भने समयमा नै न्याय नपाउँदा थप पीडित बन्नु परेको छ ।
आजको नयाँ पत्रिकामा खवर छ ।