प्रदेश नम्बर ३ को बैठकको मिति तय

गुगलपाटी संवाददाता हेटौँडा
९ चैत्र २०७४ ०७:४३

३नम्बर देशसभा बैठक चैत १३ गते बस्ने भएको छ । चैत १२ गते दलिय परामर्श बैठकपछि १३ गतेबाट प्रदेशसभा बैठक सुरु गर्ने ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए ।कानून मन्त्रालयले केही लिखत प्रमाणिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक २०७४, प्रदेश सरकारको आर्थिक कार्यविधि २०७४, सम्बन्धी विद्येयक बारे आगामी प्रदेशसभा बैठकमा छलफल हुने उनले बताए ।