सेक्युरेटी मजदुरलाई जनावर भन्दा पनि तल्लो स्तरको ब्यवहार गरियो
गुगलपाटी संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल सेक्युरेटी मजदुर संघले न्युनत बेतन लागु गर्न उद्योगी तथा सेक्युरेटी सप्लायर्सहरुको ध्यानाकर्षण गराएको छ । आज बिहीबार हेटांैडामा पत्रकार सम्मेलन गर्दै संघले श्रम ऐन २०७४ भदौ १९ गतेदेखि र श्रावन १ गतेदेखि न्युनतम पारिश्रमिक १३ हजार चारसय ५० लागु गर्न माग गरेको हो ।
हटौंडामा पत्रकार सम्मेलन गर्दै संघले २९ बुँदे माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष रबिन्द्र केसीेले घरमा पालेको जनावरलाई भन्दा पनि तल्लो स्तरको ब्यवहार गर्दै न्युन सेवा सुविधामा ढोका कुर्न बाध्य बनाएको गुनासो गरे ।
पत्रकार सम्मेलनमा अखिल नेपाल ट्रेड युनियन महासंघका सचिवालय सदस्य जनक शर्मा, मकवानपुरका अध्यक्ष गंगा भट्टराई, नेता रामशरण घिमिरे (भान्जा),ठाकुरदत्त खतिवडा लगायतको उपस्थिती रहेको थियो ।
पत्रकार सम्मेलनसँगै उनीहरुले बिहीबार श्रम कार्यालय हेटौंडा,हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर र आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश तीनमा ज्ञापनपत्र बुझाएको छ ।