चट्याङबाट जोगिन अर्थिङ जडान
गुगलपाटी संवाददाता हेटौंडाहेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ ।
हाल सालै त्यस क्षेत्रमा चट्याङ बाट एक बालकले अकालमै ज्यान घुमाउनु परेकोले अगामी दिनमा फेरी त्यस्तो अप्रिय घटना नदोहोरियोस् भन्ने उद्देश्यले अर्थिङ्ग जडान गरिएको हो । जुनसुकै बेला पनि चट्याङ लाग्न सक्ने अनुमानमा विद्यार्थीको सुरक्षाको लागी र बस्तीको बिचमा पर्ने भएकाले श्री कालिका आधारभुत विद्यालयमा अर्थिङ जडान गरिएको संस्थाका संयोजक श्रवन सुनारले बताए । सुनारका अनुसार अर्थिङ जडानमा आवश्यक सम्पुर्ण स्रोत संस्थाले नै निःशुील्क वितरण गरेको हो । हेटौंडाको चट्याङ प्रभावित विभिन्न स्थानमा निःशुल्क अर्थिङ जडान गर्ने अबको लक्ष रहेको संस्थाका सदस्य निष्कर्ष लामाको भनाई छ । कार्यक्रममा स्थानिय समक्ष चट्याङ र अर्थिङको बिषयमा बिषय विज्ञ रिपेश ऋद्धि दाहालले छोटो जानकारी गराउँदै सहजिकरण गरेका थिए ।
संस्थालाई महिला, बालबालिका तथा असहाय कल्याण समाजकी अध्यक्ष अम्बिका खतिवडाले आर्थिक सहयोग गरेकी थिइन् ।
अर्थिङ जडान पश्चात् कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहेकी हेटौंडा उपमानगरपालिकाकी उपमेयर मिना लामाबाट उद्घाटन गरीएको हो । उपमेयर लामाले कार्यक्रममा बोल्दै आफु र हेटौंटा उपमहानगरपालिका युवाहरुको समाज प्रतिको यस्तो सरहानिय कार्यमा सदा सकरात्मक रहने र सक्दो सहयोग गर्न तत्पर रहेको बताईन् ।
संस्थाका संयोजक श्रवन सुनारको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिकाकी सदस्य रुपा खुलाल, १३ नम्बर वडा अध्यक्ष मनोज कुमार वाईबा, शिक्षक अबिभावक संघका अध्यक्ष रामलाल गोले, विव्यस अध्यक्ष कुमार बज्यु, विव्यस सदस्य संगीता वाईबा, दुदु माया गोले, माया वाईबा, बिन्दा गोले, मिना गोले, विद्यालयका प्र।अ चिनलाल श्रेष्ठ र स्थानियलगायतको उपस्थिति रहेको थियो ।