अपाङ्ग महासंघको प्रदेश अध्यक्षमा लम्साल
गुगलपाटी संवाददाता हेटौंडा,२३ असोजराष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ३ को अध्यक्षमा अश्विन लम्साल निर्वाचित भएका छन् । १५ सदस्यीय कार्यसमितिका लागि लम्सालले अध्यक्षका लागि ७४ मत पाए भने निकट्त्तम प्रतिद्वन्दी रामप्रसाद ढुङ्गानाले ७० मत पाएका थिए ।
मंगलबार हेटौंडामा सकिएको प्रथम साधारण सभा तथा अधिवेशनले उपाध्यक्षमा लक्ष्मी काफ्ले, सचिवमा किर्तन श्रेष्ठ दुवाल, सहसचिवमा सन्तोष पौडेल निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा भने ९२ मतसहित बिर्खबहादुर बम्जन(बिरु) निर्वाचत भए । उनका प्रतिद्वन्दी रुपा थापाले भने ४१ मत पाईन् ।
त्यस्तै प्रदेश सदस्यहरुमा दृष्टिविहिन महिलामा सुप्रभा अर्याल, खुल्ला महिलामा शान्तीदेवी नकर्मी र सीता रिजाल, पूर्ण असक्तमा गार्गी नेपाल, बहिरा महिलामा गंगामायाँ श्रेष्ठ, जनजातिमा उषा श्रेष्ठ, हेमोफिलियामा दुर्गादत्त लम्साल, अति असक्तमा रत्नबहादुर राई र सुशिला अधिकारी, दलितमा गर्भेबहादुर मिजार चयन भएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघका कार्यबाहक अध्यक्ष एवम् बरिष्ठ उपाध्यक्ष देवीबहादुर पोखरेलले निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । साधारण सभा तथा अधिवेशनको सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए ।