निर्मलाको हत्यारा हामी सार्वजनिक गर्छौ : नेकपा बिप्लव

गुगलपाटी संवाददाता हेटौंडा,१६ मंसिर
१६ मंसिर २०७५ १०:१५

कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब ४ महिना बितिसक्दा समेत सरकारले दोषीलाई पक्राउ नगरेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज हेटौंडामा प्रर्दशन गरेको छ । हेटौंडाको फरेष्टि क्याम्पस अगाडिबाट निकालिएको र्याली मेनरोड हुँदै सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा मकवानपुरका नेताहरुले सरकारले दोषीलाई संरक्षण गरेर राखेको भन्दै दोषि पत्ता लगाएर नेकपाले सार्वजनिक गर्ने दाबी गरे । सरकारलाई दबाब दिन र दोषीलाई कानूनी दायरामा ल्याउन सरकार असफल भएको भन्दै नेकपा मकवानपुरका इन्चार्ज बिरबहादुर घलान (ज्वाला) ले नेकपाले दोषी पहिचान गरेर कारबाही गर्ने चेतावनी दिए ।