प्रतिफल आउने गरी काम गर्न मन्त्री यादवको निर्देशन
गुगलपाटी संवाददाता काठमाडौँ, १७ मङ्सिर
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकामात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिनुभएको हो ।
“यो सरकारी संस्थान हो, अहिले बजार अत्यन्तै अव्यवस्थित भएको छ त्यसलाई व्यवस्थापन गरी नागरिकको सेवा गर्ने काम यो संस्थानको पनि भएकाले चाडबाडको समयमा मात्रै नभई सधै नियमित अनुगमन गर्नुस्”, मन्त्री यादले भन्नुभयो ।
यस संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एक बनाएर नयाँ ढङ्गले अघि बढाउने प्रक्रिया अघि बढिसकेको भन्दै उहाँले अहिले अनुदानको चामल दुर्गम जिल्लामा पु¥याउने र कारागारमा चामल बेच्नेबाहेक अन्य काम यसले नगरेको बताउनुभयो ।
महाप्रबन्धक योगेन्द्र गौचनले संस्थानले व्यापार विविधिकरण गरी व्यासायिक हुन नसके निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिन हुने बताउनुभयो । निर्णय ढिला कार्यान्वयन हुँदा र कर्मचारीले काम गर्ने शैलीलाई समयानुकूल नबनाई परम्परागतरुपमै गर्नुपर्दा नेपालका संस्थानले आशाअनुरुप काम गर्न नसकेको पनि उहाँले चर्चा गर्नुभयो ।
सञ्चालक समिति सदस्य रत्नराज पाण्डेले सबैको सहकार्यले नै संस्थानको उन्नति र प्रगति हुने हुनेमा तर कर्मचारीमा सहकार्यको भावना भने पटक्कै नभएको बताउनुभयोे ।
कर्मचारी सङ्गठनका अध्यक्ष माधवप्रसाद यादवले दरबन्दीअनुरुप कर्मचारी नभएकाले पनि काम गर्न समस्या भएको बताउनुभयो । (रासस)