तीन नेपाली युवतिको भयो भारतीय कोठीमा वास

गुगलपाटी संवाददाता १८ मंसिर २०७५, मंगलवार
१८ मंसिर २०७५ ०७:४०

वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाईने, त्यो पनि निशुल्क । राम्रो कमाई हुने सपना बोकेर नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरीलाई भारतबाट दिल्ली पुर्याईए । भिसा र पासपोर्ट त्यही बन्ने आश्वासन पाएपछि उनिहरु खुसी थिए तर दलाले उनीहरुलाई दिल्लीको जिबी रोडस्थित कोठी पुर्याए । तीन बर्षको नरकीय जीवनपछि कात्तिक अन्तिम साता कोठी नम्बर १५६ बाट उद्धार गरी नेपालगन्ज ल्याईएको छ ।

दलालले दुई, दई लाख रुपैयाँमा तिन किशोरीलाई कोठीमा बिक्री गरेका थिए । नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरीकै जस्तो सपना देख्ने ३७ नेपाली महिला भारतको उत्तर प्रदेश गाजियावाद ईन्दिरापुरमा पुर्याए । उनीहरुलाई त्यहाँ तीन वटा फ्ल्याटमा राखिएको थियो ।
दलालले दुई महिनाभित्रै त्यति धेरै महिलालाई कुवेतलगायतका खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने आश्वासन दिएका थिए । तर दुई महिनासम्म पनि विदेश जान नपाएपछि शंका ति महिलाहरुले शंका गरे र आफन्तजनलाई बताए । परिवारको उजुरीपछि दिल्लीस्थित नेपाली दुतावास र भारतीय सुरक्षा अधिकारीको सहयोगमा उद्धार गरिएकामध्ये सबैभन्दा बढी झापाका छन् । त्यसअघि भारतको दिल्ली मैदानगढीबाट ७३ नेपाली महिलाको उद्धार गरिएको थियो ।