ओलीले बिप्लवलाई भनेःमजाक नगर्नुस्
गुगलपाटी संवाददाता काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मजाक नगर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् ।आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेको भनेर विप्लवले केटाकेटी खेल खेलेको उनले बताए ।
‘केपी ओलीलाई वारेन्ट जारी अरे । कुन्नी कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनू’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म विप्लवलाई यसप्रकारका राजनीतिक मजाकहरु नगर्न सुझाव दिन चाहन्छु ।’
अघि भने, ‘अलि बढ्ता भो क्या ।’
जनतामा सार्वभौमसत्ता आइसकेको भन्दै उनले शोखका लागि क्रान्तिकारी नहुन आग्रह गरे । ‘कहाँका कुन थात्रा किताव पढ्छन् मान्छे । सुतली बम सिद्धान्त हुन्छ ?’ उनले भने, ‘नचाहिने कुराका पछाडि कुदेका छन्, यो उचित होइन ।’प्रधानमन्त्री ओलीले अघि भने, ‘चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ?’
ठट्टा मजाक गर्ने हो भने मदनकृष्ण हरिवंश, धुर्मुस सुन्तलीको प्रहसनमा सहभागी हुन आग्रह गरे । उनले भने, ठड्टा मजाक गर्ने भए मदनकृष्ण हरिवंशजीहरु सँग आए हुन्छ । म पनि सिफरिस गरिदिन्छु । धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।’