सिञ्चाई कुलो मर्मत भएपछि स्थानीय हर्षित

गुगलपाटी संवाददाता
१८ चैत्र २०७४ ०१:४०

मकवानपुर÷ १८ चैत्र
बाढी र पहिराले पुरेर अवरुद्ध भएको मकवापनुरको पुर्वी भेगको सबैभन्दा ठुलो सिञ्चाई कुलो पँच वर्षपछि मर्मत भएको छ। करिव ९ किलोमटिर लम्बाई रहेको उक्त सिञ्चाई कुलो करिव ५ लाखको लागतमा र्मत भएपछि स्थानीयमा खुसी छाएको छ। राईगाउँ सिञ्चाई आयोजना जल उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर राइका अनुसारबजेट अभाव हुदा मर्मत हुन नसकेको कुलो ५ वर्षपछि काम भएको हो । कुलो मर्मत भएपछि बागमती गाउँपालिका वडा नं १ अन्तर्गत करौंजे बन्जरे माझगाउँ बोटगाउँ र हात्तीढुंगा गरी पाँच गाउँका ४ सय ८६ घरधुरीका कृषकले २ सय ६५ हेक्टर जग्गामा सिञ्चाईको सुविधा पाउने भएका छन्। साझाकुरा दैनिकले खबर छापेको छ।