स्थानीय पत्रपत्रिकाः पत्रकार ढकालको हत्या भएको आशंका, निष्पक्ष छानविन गर्न महासंघको माग
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई आफ्नो मुख्य समाचार बनाएर छापेका छन् ।
हेटौंडा आँखा अस्पतालको चर्चा, औद्योगिक क्षेत्रमा उद्योग थपिँदै गरेको, रुपचन्द्र विष्टको स्मृति दिवस मनाइएको र मकवानपुरका पत्रकार तथा शिक्षक मनोहर ढकालको मृत्यु रहस्यमयी भएको समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
आजको समृद्ध समाज दैनिकले पत्रकार मनोहर ढकालको दूर्घटनामा मृत्यु भएको प्रारम्भीक अनुमान गरिए पनि उनको दूर्घटनामा मृत्यु भएको नभई हत्या भएको दाबी गरिएको समाचार छापेको छ । हेटौंडा–१ भैरवडाँडामा बुधबार साँझ मृत भेटिएका ढकालको घटनाको प्रकृति हेर्दा दूर्घटना नभई हत्या भएको देखिएको हो ।
सो घटनाको विषयमा गम्भीर ढंगले अनुसन्धान गर्न नेपाल पत्रकार महासंघ मकवानपुरले प्रहरीलाई आग्रह गरेको छ । महासंघका सचिव गणेश दर्पण अधिकारीले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर बन्न प्रहरीलाई आग्रह गर्दै पत्रकार ढकालको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।
आजको साझाकुरा दैनिकले विस्तारित औद्योगिक क्षेत्रमा सम्झौता गरेका १९ उद्योगमध्ये केहीले उत्पादन थालेको र केहीले धमाधम भौतिक संरचना निर्माण गर्दै गरेको समाचार छापेको छ । हेटौंडा सन्देश दैनिकले हेटौंडा आँखा अस्पताल विश्वासिलो बन्दै गएको समाचार छापेको छ । हालसम्म अस्पतालमा ५ लाख ८२ हजारको परीक्षण र ३३ हजार जनाको आँखाको शल्यक्रिया गरेको तथ्याङ्क पनि छापेको ।
प्रदेश दैनिक र थाहा सन्देश दैनिकले थाहा नगरपालिकामा रुपचन्द्र विष्टको जन्मोत्सव मनाइएको सो कार्यक्रममा शिक्ष मन्त्री गिरिराजमणि पोखरेलले गरेको भाषणलाई प्रमुखताका साथ छापेका छन् ।
हेर्नुहास्, आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ