स्थानीय पत्रपत्रिकाः जनयुद्धस्थल झुरझुरेमा प्रचण्डको पाँच घण्टा

गुगलपाटी संवाददाता
३ माघ २०७५ ०२:१३

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार मकवानपुरको बागमती गाउँपालिका पुगेर दिनभर कार्यक्रमहरुमा सहभागिता जनाएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

जनयुद्धस्थल झुरझुरे पुगेर प्रचण्डले अब देशमा विकासको बहार आउने बताए । बागमती गाउँपालिकाको भवन उद्घाटन, शहिद पार्क शिलान्यास तथा बागमती गोल्डकप उद्घाटन गर्न प्रचण्ड पुगेका हुन् । उनले जनयुद्धकालमा फारपरबारीको लडाँईं आफ्नो मानसपटलमा ताजै रहेको भन्दै बागमती गाउँपालिकालाई आफ्नो सहयोग रहने बताए ।

त्यस्तै बासुदेव सभागृहलाई प्रदेशसभा भवन बनाइने, हेटौंडा कपडा उद्योग भाडामा दिने प्रस्ताव, भूकम्प सुरक्षा दिवस औपचारिकता मात्रलगायतका शीर्षकका समाचार आजका दैनिक पत्रिकाले लेखेका छन् ।

हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ