चोटका कारण चिन्तित नेयमार
गुगलपाटी संवाददाता एजेन्सीपेरिस सेन्ट जर्मन (पिएजी) का प्रशिक्षक थोमस टुचेलले फ्रेन्च कपमा स्टार्सबर्गमाथि विजयी नतिजा निकाले पनि चोटका कारण नेइमार चिन्तित रहेको बताएका छन् । च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडसँग खेल्नु लागेको चोटले नेइमारलाई चिन्तित बनाएको हो । कुर्कुच्चामा चोट लागेपछि नेइमारले ६० मिनेटपछि मैदान बाहिरिएका थिए । मैदान छाड्दा उनको आँखामा आशु थियो ।
पिएजीले फेब्रुअरी १२ मा च्याम्पियन्स लिगअन्तर्गत अन्मित १६ को पहिलो लेगका लागि ओल्ड ट्राफोड भ्रमणमा निस्कनेछ ।
“नेयमार चिन्तित छन् । उनको त्यही खुट्टाको त्यही स्थानमा पूनः चोट लागेको छ,” पिएसजीका प्रशिक्षक टुचालले भने । बार्सिलोनाका पूर्व फरवार्ड नेइमारले जारी सिजन सबै खाले प्रतियोगितामा पिएसजीका लागि २० गोल गरिसकेका छन् । गत फेब्रुअरीमा पनि उनको त्यही ठाँउमा चोट लागेको थियो र बाँकी सिजनका खेल गुमाएका थिए । चोटमुक्त भएर नेइमारले विश्वकप खेलेका थिए ।
“उनको त्यही खुट्टमा तीन पटक चोट लागिसकेको छ । उनको खुट्टामा चोट लाग्दा पनि रेफ्रीले केही गरेनन्,” पिएसजीका प्रशिक्षक टुचेलले भने, “उनी अहिले अस्पतालमा छन् । म डाक्टरको सल्लाहको पर्खाइमा छु ।”
नेइमारबारे टार्सबर्गका केही खेलाडीले दिएको प्रतिकृयाबाट टुचेल पनि निराश छन् । विश्वकपमा नेइमारलाई धेरै चोटको नाटक गरेको आरोप लागेको थियो ।
“यो उनको शैली हो । तर फाउल भएको बेला यस्लो आरोप लगाउनु हुदैन,” स्टार्सबर्गका मिडफिल्डर एन्थोनी गोन्कालभेसले भने, “उनी महान खेलाडी हुन् । म उनलाई सम्मान गर्छु । उनी आफ्नै तरीकाले रमाउन सक्छन् । तर फाउल भइसकेपछि बोलिरहनु हुँदैन ।”
पिएसजीका अको मिडफिल्डर मार्को भेराटी पनि युनाइटेडविरुद्धको उपलब्ध हुनेमा शंका छ । शनिबार गुइनगाम्पलाई ९–० ले हराउँदा भेरोटीको पनि कुर्कुच्चामा चोट लागेको थियो । एडिसन काभानी र एन्जेल डी मारियाले गोल पिएसजीले स्टार्सबर्गलाई २–० ले हराएको थियो ।