मुलुकभर सरकारी कर्मचारी अनुशासनहीन

गुगलपाटी संवाददाता काठमाडौं
१५ माघ २०७५ ०८:०८

मुलुकभर सरकारी कर्मचारी अनुशासनहीन रहेका पाइएको छ । राजनीतिक अस्थिरताका कारण सरकारी कर्मचारी अराजक र अनुशासनहीन भएको बताउने गरिन्छ । वर्षैपिच्छे सरकार फेरिने र स्थायी कर्मचारी नै ‘स्थायी सरकार भएको चर्चा चल्ने गरेको छ ।

राजनीतिक स्थिरताको नारासहित चुनाव जितेर संसदमा दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि सरकारी कर्मचारीलाई लगाम लगाउन सकिने विश्वास गरिएको थियो । तर पछिल्लो नतिजा हेर्दा सरकारी कर्मचारीहरुको कुनै पक्षमा पनि सुधार आउन नसकेको देखिन्छ ।
प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले नमूना छनोटका रुपमा गरेको अध्ययनबाट मुलुकभर सरकारी कार्यालयका कर्मचारीले अनुशासन बाहिर रहने गरेको पाइएको हो ।

कर्मचारीले समयमै कार्यालयमा उपस्थित नहुने र पोशाक नलाउने गरेको केन्द्रको अध्ययनले देखाएको हो । मुलुकभर २० जिल्लामा नमूना छनौटको रुपमा केन्द्रले गरेको अध्ययनबाट ७ सय ९३ जनाले अनुशासनको पालना नभएको पाइएको हो ।

केन्द्रका अनुसार काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सरकारी कार्यालयमा अनुगमन गरिएको थियो । तनहुँ, सिन्धुपाल्चोक, सिराह, बारा, पर्सा, गोरखा, लमुजङ, सिन्धुली, महोत्तरी जिल्लामो समेत गत साउनयता अनुमगन गरेको थियो ।

केन्द्रले ओखलढुंगा, सोलुखुम्बु, बैतडी, धादिङ, नुवाकोट, रुकुम पश्चिम, दाङ र कास्की गरी २ सय ४९ सरकारी कार्यालयमा अनुगमन गरेको थियो । ती कार्यालयमा अनुगमनका क्रममा ५ सय ५३ जना कर्मचारी समयअनुसार कार्यालयमा उपस्थित नभएका र २ सय ४० जना कर्मचारीले पोशाक नलगाएरै कार्यालयमा उपस्थित रहेका पाएको सतर्कता केन्द्रले जानकारी दिएको छ ।

‘गत साउनयता पुस १८ गतेसम्म २० जिल्लामा अुनगमन गरेका थियौं,’ केन्द्रका सहसचिव विष्णुराज लामिछानेलेको अनुसार ‘७ सय ९३ कर्मचारीले अनुशासन पालना नगरेको पाइएकाले कारवाहीका लागि सिफारिश गरेको बताएका छन् ।

केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले २० जिल्लामा गरिएको अनुगमनका क्रममा सबै सरकारी कार्यालयमा अनुगमन गरिएको बताए । ‘जिल्लास्थित सबै सरकारी कार्यालयमा अनुमगन गरिएको हो,’ उनले भने, ‘स्थानीय तह, जिल्लास्थित कृषि कार्यालय, वन कार्यालय, मालपोत कार्यालय, नापी गरी प्रायःजसो सबै कार्यालयमा अनुमगन गरिएको हो, ।’

सरकारले सरकारी कर्मचारीलाई पोशाकका लागि अतिरिक्त रकम उपलब्ध गराउँदै आएको छ । तर कर्मचारीले पोशाकको लागि दिइएको अतिरिक्त रकम लिएर पोशाक नलाएरै कार्यालय आउने गरेका केन्द्रले पटक–पटक गरेको अुनमगनबाट देखिन्छ ।

सतर्कता केन्द्रले समयमै कार्यालय नपुग्ने र पोशाक नलगाइकनै कार्यालयमा उपस्थित हुने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । यसरी पोशाक नलगाइकनै कार्यालयमा उपस्थित हुने र समयमै कार्यालयमा अपस्थित नहुने कर्मचारीलाई विभागीय कारवाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरिएको केन्द्रका सहसचिव लामिछानेले जानकारी दिए ।