३० किलो चरेससहित तीन जना पक्राउ
गुगलपाटी संवाददाता हेटौंडा५ फाल्गुन २०७५ ०६:११
प्रदेश ५ अपराध अनुसन्धान ब्युरोले ३० किलो चरेससहित मकवानपुरका तीन जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा मकवानपुरका राजु कुमार स्याङतान्, शंकर वाईबा र ईन्द्रमान तामाङ रहेका छन् ।
आलुको बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा बुटवल बसपार्कबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।