नेता बानिँयाद्वारा बज्रबाराही स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण
गुगलपाटी संवाददाता पालुङनेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँद्वारा थाहा नगरपालिका ६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा एम्बुलेन्स र आर्थिक सहयोग ५० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।
बज्रबाराही स्वास्थ्यचौकी ब्यवस्थापन समितिका उपाध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा आफ्ना स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा नेता बानियाँ, उहाँकी धर्मपत्नी दीपा पौडेल बानियाँ, छोरी दीक्षा बानियाँलगायतका विशिष्ट अतिथिहरुले संयुक्तरूपमा स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा स्वास्थ्यचौकी प्रमुखलाई हस्तान्तरण गर्नुभएको छ ।
केहीदिन अघि नेता बानियाँले स्वर्गीय पिताको स्मृतिमा राईगाउँ स्वास्थ्यचौकी र स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका १८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स वितरण गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, अतिथिहरु थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाली कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, थाहा बज्रबाराही स्वास्थ्यचौकी प्रमुख सजिता पराजुलीले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा कांग्रेस महासमिति सदस्यद्वय दीनेश उपाध्याय र जयराम लामिछाने, जिल्ला सदस्यहरु कृष्णभक्त श्रेष्ठ, शुशान्त श्रेष्ठ, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, थाहा नगर उपमेयर खडगबहादुर गोपाली, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण दल जिल्ला सचिव सचित थापा, थाहा नगरका १ र ९ का वडा अध्यक्षहरु हेरमान गोपाली र पर्शुमान श्रेष्ठ, जनप्रतिनिधिहरु एवं स्थानीयको उपस्थिति रहेको थियोे ।