राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीब्र, ९८ प्रतिशत स्टल बुक

गुगलपाटी संवाददाता
८ फाल्गुन २०७५ ०२:५९

हेटौंडा– हेटौंडामा फागुन १६ गतेदेखि २६ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीब्र पारिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा मेला हुन लागेको हो ।

हेटौंडा–५ स्थित, क्याम्पा चौरमा हुने मेलामा ४ सय ४० वटा स्टल रहने बताइएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी उद्योगको उत्पादनहरुलाई सहज ढंगले उपभोक्ता समक्ष पु¥याउँदै आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको जनाएको छ ।

मकवानपुरका चेपाङहरुले खाने गिट्ठाा, भ्याकुर जस्ता स्थानीय तथा मौलिक वस्तुहरुको प्रदर्शनी, पञ्चेबाजा, खैंजडी भजन जस्ता स्थानीय संस्कृति, भेषभुषाहरुको प्रवद्र्धन, स्थानीय जातका माछा तथा कृषि उपजहरुको प्रवद्र्धनमा मेला सहयोगी हुने संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।लघु तथा घरेलु उद्यम, हस्तकला, औद्योगिक बस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्न पनि मेलाले सहयोगी भूमिका खेल्ने उनको दाबी छ ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती रहनेछ । मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संघसंस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादनहरु, बैंक तथा वित्तीय संस्थाको प्रदर्शनी रहनेछन् । ३ नं. प्रदेश अन्तर्गतका उद्योग वाणिज्य संघहरु मार्पmत ३ नं. प्रदेशभित्रका स्थानीय उत्पादनहरुको पनि प्रदर्शनी गरिने अध्यक्ष कटुवालले बताए । कृषि, पर्यटन, उद्योग र व्यवसायको प्रवद्र्धन गर्ने थलोको रुपमा मेला गर्न लागिएको संघको भनाइ छ ।

मेलाको लागि राखिएका ४ सय ४० वटा स्टलहरुमध्ये ९८ प्रतिशत स्टलहरु बुकिङ भईसकेको जनाइएको छ । कार्यक्रममा हास्य कलाकार जितु नेपाल (मुन्द्रे), उमेश राई (फुलन्देकी आमा), शिवहरी पौडेल (मुखा हानु जस्तो), किरण केसी (राता मकै), सन्ध्या बुढा (काउली बुढी) आदी राष्ट्रिय कलाकारहरुको हास्य प्रस्तुती रहने संघका उपाध्यक्ष तथा मनोरञ्जन समितिका संयोजक गणेश प्रसाद भेटुवालले जानकारी दिए ।

त्यस्तै गायक शिव परियार, सुजिल कर्माचार्य, अशोक दर्जी, सुगम पोखरेल, प्रदाप दास, निसान भट्टराई, कृष्ण काफ्ले, राजनराज सिवाकोटी, कुलेन्द्र विक, कमल क्षेत्री, मिलन लामा, प्रिती आले, चेतन सापकोटा, शिव हमाल, निशा लामा, सुनिल थापा, रेखा लामा, टंक बुढाथोकी, ए आर बुढाथोकीलगायत राष्ट्रिय कलाकारहरु संगसंगै स्थानीय कला समूह तथा कलाकारहरुको प्रस्तुती रहनेछ ।

विशेषज्ञ डाक्टरको सहभागितामा निशुलक स्वास्थ्य शिविरका साथै हात्ती, घोडा, डुङ्गा, हेलिकप्टर सयरको पनि व्यवस्था गरिएको बताइएको छ ।