चिनीमिलमा आगलागी हुँदा चारजना मजदुरको मृत्यु

गुगलपाटी संवाददाता बारा
२७ चैत्र २०७४ ०९:११

बाराको मनहर्वामा रहेको रिलायन्स चिनीमिलमा मंगलबार भीषण आगलागी भएको छ । आगलागीका कारण चारजना मजदुरको मृत्यु भएको छ ।
बिहान मिलको भित्रीभागबाट आगो लागेको र काम गर्ने क्रममा जलेर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । अहिले घाइतेहरुको उद्धार कार्य जारी रहेको छ । घटनाा परी १२ जना मजदुरहरु घाइते भएको बताइएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।