आजका पत्रपत्रिकाः नागरिक सहायता कक्षबाटै ठगी

गुगलपाटी संवाददाता
५ चैत्र २०७५ ०२:५३

 ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज विभिन्न फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । बर्डफ्लु संक्रमित ४१ ह्जार कुखुरा नष्ट, क्षतिपूर्तिको लागि मन्त्रिपरिषद्को निर्णय कुर्दै व्यवसायी, भरुवा बन्दुक र गाँजासहित पाँचजनालाई पक्राउ, तीन महिनापछि प्रदेशसभा बैठक बस्दै, मकवानपुरमा ५० प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न भएको लगायतका समाचार प्राथमिकताका साथ छापिएका छन् ।

नागरिक सहायता कक्षबाटै ठगी नागरिक ठगिएको समाचार आजको हेटौंडा सन्देश दैनिकले छापेको छ । हेटौंडा–४ कर्राबाट पासपोर्ट बनाउन आएका आकाश देउला नागरिक सहायता कक्षबाट ठगिए । उनले पासपोर्ट साइजको फोटो ६ वटा, राहादानी फाराम र निवेदन लेखेको दुइसय रुपैया ँतिरे जबकी बोर्डअनुसार उनले तिर्नुपर्ने रकम एकसय ७५ थियो ।

उनले त्यहाँ २५ रुपैयाँ बढी तिर्नुप¥यो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिचौलिया बढ्दै गएको भन्दै त्यसको न्युनीकरणको लागि कार्यालयभित्र नागरिक सहायता कक्ष स्थापना गरेको थियो । तर, त्यो नागरिक सहायता कक्ष हाल एनजिओले चलाइरहेको छ । नागरिकको सहायताको लागि स्थापना गरेको कक्षबाटै नगरिक ठगिन थालेका छन् ।

प्रशासन र प्लान इन्टरनेशनल नेपाल मकवानपुरका सहकार्यमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरअन्तर्गत रहने गरी सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श केन्द्र नागरिक सहायता कक्ष एवम् विपद् व्यवस्थापन सूचना केन्द्र स्थापना गरिएको थियो ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ