महान फुटबलर पेले हस्पिटलमा

गुगलपाटी संवाददाता एजेन्सी
२१ चैत्र २०७५ ०८:२४

महान फुटबलर पेले पछिल्लो समय स्वास्थ्य सम्बन्धी समस्याले ग्रस्त छन् । ब्राजिलका प्रशिद्ध फुटबलर पेलेलाई पिसाब सम्बन्धी संक्रमण भएपछि पेरिसको हस्पिटलमा भर्ना गरेको खबर बाहिरिएको छ ।

७८ वर्षिय पेलेलाई अहिले औषधीहरु दिइएको र करिब दुई दिनपछि डिस्चार्ज गर्न सकिने बताइएको छ ।

तीन वटा विश्वकप जिताउने एक मात्र खेलाडी पेले पीएसजीका किलियन एमबाप्पेसँगै एउटा कार्यक्रममा सहभागी हुन पेरिस गएका थिए ।

सन् २०१५ मा प्रोस्टेट बढेपछि उनी हस्पिटल भर्ना भएका थिए । त्यसअघि किड्नीको डायलासिस गर्नको लागि हस्पिटल पटक पटक जानु परेको थियो ।

‘कालो मोती’ को उपनामले प्रख्यात पेले फुटबल छोडेपनी अन्तर्राष्ट्रिय जगतमा अझै उत्तिकै प्रख्यात छन् । सन् १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिलको नाम ल्याएका र अद्भुद खेल क्षमताका कारण उनी शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।