एसईईको प्रश्नपत्र लिग गर्ने शिक्षक र दुई प्रहरी सहित ६ जना पक्राउ
गुगलपाटी संवाददाता सप्तरीनेपाल प्रहरीले परीक्षा हुनुअगावै एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना शिक्षक र दुई प्रहरी जवानसहित ६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटनाको विवरण सहित उनिहरुलाई सार्वजनिक गरेको हो।
प्रदेश २ प्रहरीको सहयोगमा भएको अनुसन्धानमा पक्राउ पर्नेमा सप्तरीको राजविराजका शिक्षक मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डल रहेका छन् । आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान हुन्।
उनीहरुले चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै विभिन्न सामाजिक सञ्जालमार्फत आउट गरेका थिए।
विष्णुदेवले आफूले पाएको प्रश्नपत्र शिक्षक मनोजसहित अन्यलाई सप्तरीमा बेचबिखन गरेको प्रहरीले जनाएको छ ।