नेपालमा ८ लाख ९० हजार मानिस डीप्रेसनको रोगी
गुगलपाटी संवाददाता काठमाण्डौ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ।
सरकारले चालू आर्थिक वर्षभित्रैबाट स्वास्थ्यमा सबैको पहुँच पुर्याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौकी निर्माणको काम सुरू गरेको छ।
कार्यक्रममा स्वास्थ्यसम्बन्धी चेतना जगाउन चित्रकलाको पनि प्रदर्शन गरिएको थियो। विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ।
हाल विश्वभर करिब ३० करोड मानिसहरू डिप्रेसनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ।
नेपालमा भने ८ लाख ९० त्यस्ता रोगीहरूको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ।
डिप्रेसनको रोगीको संख्या घटाउन पनि नेपालमा गरिबी र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।
विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यकतामा जोड दिँदै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।