प्रदेशको नाम ‘नेवाः तामसालिङ्’ राख्न संसदमा माग
गुगलपाटी संवाददाताहेटौंडाः ३ नम्बर प्रदेश सभाका वैठकमा प्रदेशको नाम ‘नेवाः तामसालिङ्’ राख्नु पर्ने माग उठेको छ । मंगलबारको विशेष समयमा मकवानपुरका सांसद ओम बहादुर ग्लानले ३ नम्बर प्रदेशको नामाकरण ‘नेवाः तामसालिङ’ हुनुपर्ने माग राखेका हुन् । १० वर्षे जनआन्दोलनको उदारहण दिंदै उनले आजको उपलब्धिलाई संस्थागत गर्न पहिचानको आधारमा नाम राख्नु पर्ने बताएका हुन् । ३ नम्बर प्रदेशको नामाकरण ‘नेवाः तामसालिङ्’ हुनु पर्ने भन्दै विभिन्न समयमा जातीय संघ संस्थाहरुले पनि आवज उठाउँदै आएका छन् । ३ नम्बर प्रदेशमा नाम र राजधानीको विषय यहि हिउँदे अधिवेशनमा टु·याउने सरकारले दावि गरेको छ ।