आजका पत्रपत्रिकाः एक वर्षमा मकवानपुरमा ९५० अपराध

गुगलपाटी संवाददाता
१ बैशाख २०७६ ०२:५०

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् ।

नयाँ वर्षको शुभकामना प्रकाशित गरी नयाँ वर्ष पत्रिकाले १२ देखि १८ पृष्ठसम्म प्रकाशित गरेका छन् । सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोप, प्रदेश सरकारले एक वर्षमा गफ मात्र गरेर बिताएको प्रतिपक्षको आरोप, काम गरेन भन्नु हास्यास्पद भएको ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको भनाइ, मुलुकमा अधिनायकवादको सन्त्रास छाइरहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको भनाइ, अपेक्षामा बित्यो एक वर्ष, पहिलो जस्तो रौनक छैन नयाँ वर्षमालगायतका समाचार आजका पत्रिकाले पहिलो पृष्ठमा नै छापेको छ ।

त्यस्तै गत वर्ष ०७५ सालमा मकवानपुरमा ९ सय ५० वटा अपराधका घटना भएको समाचार आजको हेटौंडा सन्देश दैनिकले छापेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार गत वर्ष वैशाखदेखिको तथ्याङ्कअनुसार सबैभन्दा बढी सार्वजनिक अपराध भएका छन् भने दोस्रोमा लागूऔषध छ । सार्वजनिक अपराधअन्तर्गत अटो मयुरी चालकले मापसे गरी सवारी चलाएको र अभद्र व्यवहार गरेकोलगायत मुद्दा रहेको प्रहरीले जनाएको छ ।

सार्वजनिक मुद्दा तीनसय ८१ छन्, लागूऔषध मुद्दा एक सय ५५ ज्यान मार्ने उद्योगमा ७, चोरीको ३१, जुवा १३, कालोबजारी ५, जबरजस्ती करणीका २२ लगायत मुद्दा रहेका छन् ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ