विवाहेतर सम्बन्ध राखेको आरोपमा एक महिलालाई सजाय

गुगलपाटी संवाददाता काठमाडौं
२ बैशाख २०७६ ११:२०

इन्डोनेसियामा विवाहेतर सम्बन्ध राखेको आरोपमा एक महिलालाई सार्वजनिक स्थानमा बेतले हिर्काएर सजाय दिइएको छ । उनलाई सजाय दिइँदा भेला भएका मानिसहरूले रमाएर फोटो खिचेका थिए ।

तर्सिएकी महिला मञ्चमा घुँडा टेकेर बसेकी थिइन् भने एक अधिकारीले उनलाई दण्ड दिनका लागि लट्ठी उज्याएका थिए । शरिया कानूनअन्तर्गत उनलाई सजाय दिइएको हो ।

सजाय दिने अधिकारीलाई अल्गोजो भनी चिनिन्छ र उनले मुखौटा र चोगा लगाएर अनुहार तथा शरीर पूरै छोपेका थिए । बन्दा आचेह शहरमा यो सजाय दिइएको हो ।

महिलाले टाउको झुकाएर बसिरहेको बेलामा अन्य दुई महिलाले पनि सजाय कुरिरहेका थिए । उनीहरूमाथि पनि विवाहेतर सम्बन्ध राखेको आरोप छ ।

मञ्च नजिक रहेका धेरै दर्शकहरूले मोबाइल फोन उठाएर तस्वीर तथा भिडियो खिचेका थिए ।

सुमात्रा टापुमा रहेको बन्दा आचेहमा जुवातास खेलेको, रक्सी पिएको र समलिंगी सम्बन्ध राखेको पाइएमा लट्ठीले हिर्काउने सजाय दिइन्छ ।

आचेहलाई सन् २००१ मा विशेष स्वायत्तता दिइएपछि शरिया कानून लागू गरिएको थियो ।एजेन्सी