ऐतिहासीक चर्चमा आगलागी भएपछि विश्व नै स्तब्ध

गुगलपाटी संवाददाता काठमाडौँ
३ बैशाख २०७६ ०६:२०

फ्रान्सको नोटेडम क्याथेड्राल (चर्च) मा आगोलागी भएको छ । पेरिस शहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा विश्वभर सुपरिचित उक्त विशेष ऐतिहासीक चर्चमा आगलागी भएपछि विश्व नै स्तब्ध भएको छ । आगलागीप्रति विश्वका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले भयानक आगलागी हेरिहेको र यसलाई चाँडो नियन्त्रणमा लिनुपर्ने बताएका थिए ।

जर्मन चान्सलर एंगेला मर्केलले नोट्र–डाम कथिड्रललाई फ्रान्सेली र युरोपेली संस्कृतिको एउटा प्रतीक भन्दै फ्रान्सेली नागरिकलाई सहयोगको प्रस्ताव गरेकी छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि आगलागीको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

पेरिसको अभियोजनकर्ताको कार्यालयले आगलागीको कारणबारे छानबिन थालिएको जनाएको छ । बर्सेनि लाखौं मानिस मानिस यो चर्चको अवलोकनका लागि आउने गर्दथे । एजेन्सी