चर्चाले भरिएको एडेलको सम्बन्ध विच्छेद

गुगलपाटी संवाददाता काठमाडौं
९ बैशाख २०७६ ०६:२०

विश्व चर्चित बेलायती गायिका एडेलको सम्बन्ध विच्छेदको खवरले अहिले समाजिक सञ्जाल तातिरहेको छ । एडेल र उनका श्रीमान साइमन कोनेक्कीले सम्बन्ध विच्छेद गरेको खवर अहिले सबैको चर्चाको बिषय बनेको छ । गायिका एडेलका प्रतिनिधिले सम्बन्ध विच्छेदबारे जानकारी दिए लगत्तै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बिषयले चर्चा पाएको हो ।

जारी वक्तव्यमा एडेल र साइमल छोराको संयुक्त रुपमा पालनपोषण गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । एडेलले सन् २०१२ छोरा एन्जेलो जन्माएकी हुन् । उनले पाँच वर्षको प्रेम सम्बन्धपछि सन् २०१६ मा साइमनसँग विवाह गरेकी हुन् । उनीहरुले गोप्य र निजी समारोहमा विवाह गरेका थिए । दुवैले सम्बन्ध विच्छेदको कारण खुलाएका छैनन् र आफूहरुको वैयक्तिक गोपनियताको सम्मान गरिदिन आग्रह गरिरहेका छन ।
एडेलले आफ्नो विवाहबारे पहिलोपटक सार्वजनिक रुपमा सन् २०१७ को ग्रामी अवार्ड समारोहमा जानकारी गराएकि थिईन ।आफ्नो बिवाहको कुरालाई सार्वजनिक गर्दे उनले त्यो बेला श्रीमान साइमनलाई धन्यबाद दिएकी थिइन् । उनका १९, २१ र २५ गरि तीन एल्बम छन् । उनको पहिलो एल्बम सन् २००८ मा सार्वजनिक भएको थियो । उक्त एल्बमका चेसिङ्ग पेभमेन्ट र होमटाउन ग्लोरी बेलायतको टार्चमा पहिलो नम्बरमा पुगेका थिए ।
त्यसपछिको दोस्रो एल्बम अमेरिका र बेलायतसहित विश्वका ३० देशको चार्टमा पहिलो नम्बरमा पुगेको थियो । उनको तेस्रो एल्बम, २५, पहिलो हप्तामै कीर्तिमानी ८ लाख प्रति बिक्री भएको थियो । उक्त एल्बमले सन् २०१५ मा सबैभन्दा बढि बिक्री हुने एल्बमको किर्तीमानि पनि बनाउन सफल भएको थियो । एजेन्सी