पुर्णीमालाई शैक्षिक सामाग्री

गुगलपाटी संवाददाता हेटौंडा
१५ बैशाख २०७६ ०७:१८

शंखर ज्योती निवावीमा अध्ययनरत छात्रा पूर्णिमा बिकलाई शैक्षिक सामाग्री सहयोग उपलब्ध भएको छ । उनलाई हेटौडाका युवा व्यवसायी बुद्धराज अर्यालले १ बर्षलाई पुग्ने शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् । कक्षाकै उत्कृष्ठ विद्यार्थी भएको भन्दै उनलाई अर्यालले सहयोग उपलब्ध गराएका हुन् ।

अर्यालले विद्यालय प्राङ्गण हेटौंडा ११ मै पुगेर शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत दर्लामी मगर, शिक्षक रोशन पराजुली एवम् पत्रकार गोविन्द न्यौपाने लगाएको उपस्थिती रहेको थियो ।