हेटौँडाको विवादित जग्गाको बारेमा चौँलागाईको अभिव्यक्ति

गुगलपाटी संवाददाता हेटौंडा
१७ बैशाख २०७६ ०८:२७

हेटौडा ४ मा रहेको कित्ता नम्बर ४०२ को जग्गा नेपाल वाल्यान्केट एण्ड उल मिल्स प्रालिको नाममा दर्ता रहेको छ ।

जग्गाको सम्बन्धमा कम्पनी नामसारी नभई जग्गा कसैले बिक्री गर्न नसक्ने र जग्गा बिक्री गर्न कम्पनीका हकदार चाहीने भएकोले यो कम्पनी नामसारी सम्वन्धमा मैले कम्पनी रजिष्ट्रार कार्यालयमा बुझ्दा यति धेरै मानिस जाँदा रहेछन की त्यांहाका सबै कर्मचारी र काम गर्ने कानुन व्यवसायी समेतलाई कम्पनिको बारेमा थाहा भई सकेको रहेछ ।

सो कम्पनिको फाईल हेर्न मात्रै मानिसहरुले पचास हजार दिएर फाईल हेरेको कुराको पनि चर्चा रहेछ । हाल उक्त जग्गा सावीककै कम्पनीको नाममा छ ।

कम्पनीका संचालक बिदेशी भारत मोतीहारी र अन्य स्थानमा बस्ने भएको र हकदारहरु एकीन गर्न सक्ने अवस्था पनी रहेको छैन तर हकदार हु भन्दै जो गए पनि नेपाल नआउने शर्तमा हकदार हु भन्नेहरुले उनिहरुसंग पैसा लिने र कागजमा सही गरेर पठाउने गरिदन्छन जस्का कारण धेरैको पैसा डुबेको रहेछ ।

यो कम्पनिको सम्बन्धमा कम्पनी नामसारी गर्न धेरैको विभिन्न निबेदन परेको रहेछ ।

यो कम्पनी र जग्गाको सम्नबन्धमा उच्च अदालत हेटौडामा बुझ्दा जग्गा मेरो हो नचलाउनु भनि परेको रिटहरु २०७५ सालमा र हाल २०७६।१।११मा खारेज भई सकेको रहेछ । जग्गा नामसारी गरी लिन खोज्नेहरु उपर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर मुद्धा चलाउने तयारी पनि गरेको रहेछ ।

उक्त जग्गा बिदेशी व्यक्तीहरुले संचालन गरेको हकदार एकीन नभएको र हुन सक्ने अवस्था पनि नरहेको कुरा कम्पनी रजिष्टार कार्यालयलाई पनि थाहा रहेछ । धेरै ठुलो सम्पती कम्तीमा ४,५ अरब बराबरको यो कम्पनी को नाममा हेटौडा बुटवल लगायतका स्थानमा पनि महंगो जग्गा रहेकोले ठुलै मानिस र निकायबाट चलखेल हुन सक्ने आशंका पनि रहेछ ।

बेवारीस अवस्थाको सम्पत्ती सार्वजनीक हुने भई सबैको हुने र आधिकारीक हकदार, स्थानिय प्रशासन, हेटौडा नगरपालीका र नागरीक समाजले एकिन गरेमा भोली सर्व सम्मतिबाट कानुन बमोजिम हुने नै हुदा हाललाई उक्त जग्गा जोगाउन र सार्वजनीक प्रयोजनको लागी उपयोग गर्न हेटौडा नगर पालिकाले शुरु गरेको कामले निरन्तरता पावस र हामी सबैले यो विषयमा चासो राखी जग्गा गलत व्यक्तीहरुको हातमा पर्न दिन वाट रोक्न आआफ्नो ठाँउवाट पहल समेत गर्न विभिन्न संघसंस्था, व्यक्ती, पत्रकार र सम्बन्धित निकायहरु समेतलाई अनुरोध गर्दछु ।