विप्लव समुहका इन्चार्ज विकसहित १० जना कार्यकर्तापक्राउ
गुगलपाटी संवाददाता धनगढीनेत्रविक्रम चन्द समूहका बाजुरा इन्चार्ज भुपेन्द्र विकसहित १० जना कार्यकर्तालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धव भाटका अनुसार उनीहरुलाई बुढीगंगा नगरपालिकाको अमकोटबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा भरत थापा, पवित्रा विकलगायत रहेको डिएसपी भाटले बताए ।
यसअघि कैलालीमा १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
कैलाली प्रहरीले पक्राउ गरेकाहरुमा सेती महाकाली सदस्य डबल शाह, रुपेश देवकर, जगत आउजी, धुव्र सञ्ज्याल, उदयराम थापा, उदयराम थापा, सीता उदेकर, इन्द्रबहादुर बम, कृष्णबहादुर शाही, बन्धुकुमारी चन्द, बलबहादुर विसी, पुष्पराज न्यौपाने र दानबहादुर फडेरा रहेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।