उपयोगी छ सबैलागि हो – रेडिमिक्स कङक्रिट
गुगलपाटी संवाददाता हेटौंडाकाठमाडौं, पोखरा र चितवनमा त छदै थ्यो र अब हेटौंडामा पनि केहि समय देखि रेडिमिक्स कङक्रिटले निर्माण कार्य सुरु गरेको छ ।
बानियाँ निर्माण सेवा प्रालिले ९ करोड रुपैयाँको लगानीमा रेडिमिक्स कङक्रिट मिक्स्चर मेसिन खरीद गरी निर्माण कार्यमा लगाएको हो । पुल निर्माण, बाटो ढलान र घर ढलानको लागि उपयोगी मिक्स्चर मेसिनले छिट्टै हेटौंडाबासीको मन जित्ने रेडिमिक्स मिक्स्चर मेसिन सञ्चालकहरुको दाबी छ । यसै सन्दर्भमा हेटौंडा आर.एम.सिका टेक्निकल इन्जिनियर सुनिल गुरुङसँग गुगलपाटी डटकम का जी. न्यौपानेले गरेको कुराकानीको सम्पादित केही अंश :
१.जहाँ तपाई हुनुन्छ त्यही आर.एम. सि भन्ने नाराले तपाईहरुलाई सहयोग पुर्याउलात ?
>पक्कै पनि हाम्रो नारा छिट्टै हेटौंडाबासीले बुझ्नेछन् र हाम्रो लक्ष्यमा हामी पुग्न सफल हुन्छौँ त्यसको लागि हामी यत्तिकै आएका छैनौ हामी पुरा तयारीका साथ काम गर्ने हिसाबले आएका छौँ र हामी सक्षम पनि छौँ ।
२. रेडिमिक्स कङक्रिटले के के काम गर्छ ?
>पुल निर्माण, बाटो ढलान स-साना घरदेखि ठुलाठुला महलहरुको ढलान लगायतका कामहरु यसले गर्छ ।
३. तपाईहरुसँग कतिवटा मिक्स्चर मेसिन छन् ?
>अहिलेलाई पाँचवटा छ, दुईवटा थप्ने योजनामा छौं ।
४. सर्वसाधरणको पहुँच पुग्छ त तपाईहरु सामु ?
>सबैले प्रयोग गर्न सक्छन् यो टेक्नोलोजि महङ्गो छैन सस्तो छ ।
त्यसैले सर्वसाधारणले पनि सजिलै प्रयोग गर्न सक्छन् ।
४. १ . ९ करोड लगानी गरेर यो टेक्नोलोजि भित्र्याउनु भएको छ, १/२ बर्षमै लगानी उठ्छ त ?
> हाम्रो योजना एक वर्षमै नाफा कमाउने होइन वर्षौवर्ष टिकेर काम गर्ने हो यसमा लगानी उठन ५/७ वर्ष पनि लाग्न सक्छ तर हामीलाई विश्वास छ हाम्रो लगानी डुब्दैन ।
५. आर. एम. सि प्लान्टको विशेषता के हो त ?
>यसका विशेषताहरु थुप्रै छन् त्यसमध्ये पहिलो त गुणस्तरीय निर्माण कार्य नै हो त्यसपछि घर, सडक, पुल, नहर आदिको आधुनिक किसिमले नयाँ प्रविधिको प्रयोग गरी ढलान गरीन्छ, मजबुती र टीकाउ हुन्छ, समयको बचत हुन्छ, गुणस्तरीय गिट्टी बालुवा र सिमेन्ट कम्प्युटर प्रविधिको प्रयोगद्वारा उत्कृष्ट मिक्सिङ् गरी दक्ष इन्जिनियरहरुको निगरानिमा ढलाई मसला तयार गरिन्छ । यसैगरी अग्लो, गहिरो, साघुरो र अन्य अप्ठ्यारा ठाँउहरुमा पनि पाईपलाईनको माध्ययमबाट ढलाईमसला पुर्याइ ढलान गर्न सकिन्छ । कङ्क्रिट ट्रान्जिट मिक्चरमा लोड गरी निर्माण स्थलमा पम्पको सहयताले ढलाई गर्ने स्थानमा पुर्याइ काम गरीन्छ ।
७. काम सुरु भयो कि भएन ?
> हेटौंडा-१९ को तीनताप्के लगायतका ठाँउहरुमा निर्माण कार्य भइरहेको छ ।
८. कत्तिको माग बढेको छ ?
> माग बढीरहेको छ, त्यसैअनुसार हामीले काम पनि गरिराखेका छौँ ।
९. एक घण्टामा कतिवटा कोठाको घर ढलान गर्नुहुन्छ तपाईहरुले ?
> चार कोठाको चारओटा घर ढलान गर्छौ हामी । त्यो भनेको एक घण्टामा ६० घनमिटर मसला तयार हुन्छ । हामीसँग जर्मनबाट ल्याएको ठुलो क्यापासिटिको मिक्स्चर मेसिन छ । त्यसैले हाम्रो कामप्रति हामी विश्वस्त छौँ ।