विद्यालय र अभिभावक बिच जोड्ने एप अब हेटौंडामा पनि
जी.न्यौपाने हेटौंडाम्याक्स कनेक्ट कम्पनीले अभिभावक र विद्यालय बिच जोड्ने एप बनाएको छ । विद्यालय र विद्यार्थीको सम्पुर्ण गातिविधि एप मार्फत थाहा पाउन सकिन्छ । जस्तै : विद्यार्थीको पढाई, विद्यार्थीको रिजल्ट, विद्यार्थीको शिलस्वभाव, विद्यालयको छुट्टी, गृहकार्यहरु, स्कुल बस सम्बन्धि सम्पुर्ण कुरा जान्नको लागि एपले मदत गर्ने हेटौंडाका आधिकारीक विक्रेता हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र प्रालिका सञ्चालक रामकुमार अग्रवालले बताए । एकजना विद्यार्थी बापत रु.२०० तिरेर एप प्रयोग गरेमा वर्षभरीको गतिविधि थाहा पाउन सकिने अग्रवालको भनाई छ । हेटौंडामा सन् २०१६ मा एप लन्च भएको भएता पनि अहिले सम्म दुईवटा स्कुलले मात्र एपको प्रयोग गरिरहेको छ । यसले दुईवटा स्कुललाई मात्र होईन सम्पुर्ण स्कुललाई नै मदत गर्छ र उपयोगी पनि छ । एप प्रयोग गरेर स्कुललाई घाटा नलाग्ने अग्रवालको भनाई छ ।