रक्सीले टिल्ल परेका दुलाहालाई फर्काई अर्कैसँग विहे

गुगलपाटी संवाददाता काठमाडौं
२६ बैशाख २०७६ ०७:५५

भारतको उत्तर प्रदेशमा एक दुलहीले जन्ती फर्काएको खबर सार्वजनिक भएको छ ।

युवतीले जागरुकताको उदाहरण प्रस्तुत गरेर रक्सीले टिल्ल परेका दुलाहासँग विवाह गर्न अस्वीकार गरिन् अनि जन्ती फर्काइदिइन् । अनि बिहेमा आएका अर्कै युवकले दुलहीसँग विवाह गरेर वैवाहिक वातावरण धमिलिनबाट रोके ।

लोनी नामक स्थानमा मंगलवार दिल्लीको रोहिणीबाट जन्ती आएको थियो । दुलही पक्षले जन्तीको भव्य स्वागत गरे तर दुलाहा जयमालाका लागि स्टेजमा चढेपछि वातावरण धमिलियो । दुलाहा रक्सीले झल्लु अवस्थामा थियो । उसले अत्यधिक मापसे गरेका कारण स्टेजमा राम्ररी उभिन समेत सकिरहेको थिएन ।

यस्तो झल्लु केटासँग विवाह गर्न दुलहीले पूरै अस्वीकार गरिन् । अनि वातावरण एकदमै निराशाजनक बन्यो ।

त्यसैबीच विवाहमा आएका एक युवकले दुलहीका पितासमक्ष विवाह प्रस्ताव राखे । त्यसलाई सबैले स्वीकार गरे ।

परिवारका सदस्यको सहमतिमा यी दुईजनाको विवाह सम्पन्न भयो र दुलहीलाई बिदा गरेर घर पठाइयो । एजेन्सी

तपाईको प्रतिक्रिया