तरुण दलको भित्ते पात्रो विमोचन

गुगलपाटी संवाददाता हेटौंडा
२७ बैशाख २०७६ ०८:५८

 नेपाल तरुण दल जिल्ला कार्य समिति मकवानपुरले भित्ते पात्रो विमोचन गरेको छ । कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत आज नेपाली काग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने र तरुण दल मकवानपुरका सभापति ईश्वर पाठकले सयुक्त रुपमा विमोचन गरेका हुन ।

विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले विपि र गणेशमानको उदाहरण दिदै तरुणहरु नेपालको परिवर्तनको सवाहक रहेको बताए । तरुण दलले बिचार नयाँ बाटो देखाउने बताएका छन ।
भित्तेपात्रो प्रकाशन समितिका सयोजक राजु नेपालको सयोजकत्व पात्रो प्रकाशन भएको हो । पात्रो नेपालको ७७ वटै जिल्लामा पुग्ने सयोजक नेपालले बताए ।

तपाईको प्रतिक्रिया