बाल यौन दुर्व्यवहार विरुद्ध सचेतना

गुगलपाटी संवाददाता हेटौँडा
२७ बैशाख २०७६ १२:४९

नेपाल स्काउटले संचालन गरेको बाल यौन दुर्व्यवहार विरुद्ध सचेतना कार्यक्रम आज समापन भएको छ। कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले बाल यौन हिंसा चिने जानेका वा अफन्तहरु बाटै हुने गरेकाले सबै बालबालिका सजक हुनु पर्ने बताएका छन् ।

उनले सबै भन्दा बढी कुरा खोल्न सक्ने भनेको घरको आमा भएकाले आमा वा विश्वासिलो व्यक्तिलाई लुकाइ घटनाको विवरण भन्न् हिच्किचाउन नहुने बारे सचेत गराएका छन् । आगामी दिन मा उपमहानगरपालिका भरिका सामुदायिक विद्यालयमा आगामी बर्ष देखि अनिवार्य स्काउट सन्चालन गर्नलागि पर्ने बताउनु भयो ।

नेपाल स्काउट जिल्ला स्काउट कार्यालय मकवानपुर आयुक्तकी बेलि थापाले बालबालिकामा हुने यौन हिंसाले समाजलाई गलत बाटो तर्फ लाने भएकाले स्काउटको मध्यम बाट समज रुपान्तरणका लागि जिल्ला भरीका निजि तथा सामुदायिक विद्यालयहरु माअनिवार्य स्काउट संचालन हुनु पर्ने मा जोड दिनु भयो ।

अमर मा बि , प्रगति उच्च मा बि, सनराइज बोडिङ स्कुल ,महेन्द्र उ मा बि, बुद्ध लगायतका विद्यालयमा नेपाल स्काउट जिल्ला कार्यालय मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा नगरको १३ विध्यलयमा, एक हजार भन्द बढी विद्यार्थी लाई तालिम दिएको थियो ।